नेपाल विद्यत् प्राधिकरणले सर्वसाधारणको लागी शेयर जारी गर्ने - Aarthiknews
aarthiknews.com विहीबार, २६ मंसिर २०७६   Thursday, 12 December, 2019
 
Bajaj_Bike

नेपाल विद्यत् प्राधिकरणले सर्वसाधारणको लागी शेयर जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
Sunrise bank
नेपाल विद्यत् प्राधिकरणले सर्वसाधारणको लागी शेयर जारी गर्ने
LBEF
NCH-IPS

नेपाल विद्यत् प्राधिकरणले आफ्नो कम्पनीको सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ । प्राधिकरणले यसअघि नै मन्त्रिपरिषद्बाट २५ प्रतिशत सेयर निष्कासन गर्ने स्वीकृति पाइसकेको छ।

प्राधिकरणले सेयर जारी गर्नको लागि अर्थ मन्त्रालयलाई आर्थिक पुनःसंरचनाको प्रस्ताव पठाएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। उनका अनुसार प्राधिकरणको सञ्चिति नोक्सानलाई शुन्यमा झारी सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी छ।

हकप्रद सेयर जारी गर्दै सञ्चित नोक्सानीलाई शून्यमाझारेर सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारीगरेका छौं,' उनले भने, 'एक वर्षभित्रै यो काम गर्ने योजना छ।' प्राधिकरणको सञ्चित नोक्सानी अहिले १५ अर्बमा झरेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । प्राधिकरणको सेयर निष्कासन गर्न र यसको संरचना परिवर्तनका लागि ऐन संशोधनको लागि पनि छलफल सुरु भएको उनले जानकारी दिए।

प्राधिकरण ऐन २०४१ मै प्राधिकरणले सर्वसाधारणको लागि सेयर जारी गर्न सक्ने व्यवस्था छ । ऐनमा सरकारको अनुमति लिई प्राधिकरणले आफ्नो प्रारम्भिक अधिकृत पुँजी थपघट गर्न सक्ने व्यवस्था छ । ऐनमा प्राधिकरणले निष्कासन गरेको सेयरमध्ये सरकारले खरिद गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिने उल्लेख छ।

ऐनले प्राधिकरण प्राधिकरण पब्लिक कम्पनी नभएसम्मका लागि जलस्रोतमन्त्री वा सरकारले मनोनीतगरेको व्यक्ति प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था गरेको छ। प्राधिकरण पब्लिक कम्पनी नबनेकाले हालसम्म यो अस्थायी प्रावधानकै आधारमा प्राधिकरणको सञ्चालक समिति गठन भइसकेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस