aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

मधेस प्रदेशका मुख्यमन्त्री  राउतलाई सारी चुरा उपहार

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, २१ साउन २०७९
nepalmegaschool
मधेस प्रदेशका मुख्यमन्त्री  राउतलाई सारी चुरा उपहार
LBF

काठमाडौं । चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा विगत १७ दिनदेखि रिले अनसन गर्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानकर्ताले  मधेस प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकारका निमित्त उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार उनीहरुले मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरुलाई आज दिउँसो सारी, चुरा र लहठी प्रदान गर्न मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले बाटो छेकेर सुरक्षामा कडाई गरेपछि सडकमै सो सामग्री फालेका छन् ।

आन्दोलनकारीले मधेस प्रदेश सरकारका मन्त्रीहरुलाई सारी, ब्लाउज, चुरा, पेटीकोट बुझाउन नसकेपछि सडकमै फालेर सांकेतिक विरोध गरेका छन् ।

आफूहरुले पटक पटक आन्दोलन गरे पनि सरकारले कुनै सुनुवाई नगर्दा सरकारका मन्त्रीहरुलाई चुरा, सारी, ब्लाउज र पेटीकोट प्रदान गर्न आफूहरु त्यहाँ पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस