
काठमाडौं । काठमाडौंमा आज बिहानै ठूलो भूकम्पको धक्का महसुश गरिएको छ । शनिबार विहान ५ बजेर २६ मिनेट जाँदा काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुश गरिएको हो।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा महशुस गरिएको सर्वसाधारणले बताएको छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । गत आइतबार पनि खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस