aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

भेञ्चर क्यापिटल व्यवसाय गर्न ग्लोबल इक्विटीले अनुमति पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
nepalmegaschool
भेञ्चर क्यापिटल व्यवसाय गर्न ग्लोबल इक्विटीले अनुमति पायो
LBF

काठमाडौं । ग्लोबल इक्विटी फण्डले भेञ्चर क्यापिटल व्यवसाय सञ्चालन अनुमति पाएको छ । बुधबार बसको नेपाल धितोपत्र बोर्डको बैठकले भेञ्चर क्यापिटल व्यवसाय सञ्चालन लागि इजाजतपत्र दिएको हो । बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैंठकले बोर्डमा आएका निवेदनमध्ये सबै प्रक्रिया पुगेको  ग्लोबल इक्विटी फण्डलाई भेञ्चार क्यापिटल सञ्चालन गर्ने अनुमति दिएको अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।

भेञ्चर क्यापिटल फण्ड सञ्चाललनका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएर लेटर अफ इन्टेन्ड(एलओआइ) पाएका ९ वटाले भेञ्चर क्यापिटल व्यवसाय गर्ने अनुमति दिइने उनले भने, 'पहिलो चरणमा हामीले ग्लोबललाई दिएका हौं अर्को हप्ता अन्य कम्पनीले पनि प्रक्रिया पुगेकालाई व्यवसाय गर्ने अनुमति दिँदै जाने हो ।'  केहि कम्पनीका सामान्य कागजात र मापदण्ड पूरा गर्न बाँकी रहेका र पूर्वाधार तयार गर्न बाँकी रहकालाई पत्राचार गरिएको उनले जनाएका छन ।
 

प्रतिक्रिया दिनुहोस