
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने बागलुङ काठेखोला गाउँपालिका ५ घर भएका ४६ वर्षीय जायश्वर घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका २ लैनचौंरबाट पक्राउ गरेको हो ।
घिमिरेले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड गोंगबु शाखा कार्यालय काठमाडौं रहेको खाताबाट रकम भुक्तान हुने भनी उक्त पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस