aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

हिमालयन हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
nepalmegaschool
हिमालयन हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?
LBF

काठमाडौं । शुक्रवार नेप्सेमा हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । 

अब यो शेयर आइवतार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले रू. ७६ दशमलव ३३ देखि २२८ दशमलव ९९ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको ९ लाख कित्ता,सर्वसाधारणको लागि निष्कासन गरेको १३ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको ८७ लाख कित्ता गरेर कुल १ करोड ९ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

कम्पनीको स्टक सिम्बोल एचएचएल रहेको छ । साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा ग्लोबल आईएमई क्यापिटल लिमिटेडबाट दिने नेप्से मार्फत जानकारी गराएको हो । 

प्रतिक्रिया दिनुहोस