aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

मेची यातायात कार्यालयद्वारा ८६ करोड राजस्व सङ्कलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
nepalmegaschool
मेची यातायात कार्यालयद्वारा ८६ करोड राजस्व सङ्कलन
LBF

बनियानी । मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ८६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा कूल  ८६ करोड ११ लाख सात हजार ६२४ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिए ।

कार्यालयले यातायात क्षेत्रको आम्दानीअन्तर्गत रू तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन करवापत रू ६० करोड ५० लाख २६ हजार २८१, व्यवसाय रजिष्ट्रेशन दस्तुरवापत दुई लाख ५० हजार ३५० रुपैयाँ र लाइसेन्सतर्फ १९ करोड ३३ लाख ७८ हजार २४३ राजस्व रुपैयाँ सङ्कलन गरेको थियो ।

प्रदेश सञ्चित कोषमा जम्मा हुने गरी ८२ करोड १८ लाख ३७४ रुपैयाँ र संघीय कोषमा जम्मा हुने गरी तीन करोड ९३ लाख सात हजार २५० रुपैयाँ राजश्व सङ्कलन गरिएको प्रमुख लामिछानेले बताए ।कार्यालयले लाइसेन्स नवीकरण, नयाँ लाइसेन्स वितरण, वर्ग थप, प्रतिलिपि प्रमाणीकरण, सवारी दर्ता शुल्क, नवीकरण दस्तुर, सवारी कर, रुट परमिटलगायत सेवा प्रदान गरेवापत उक्त राजस्व सङ्कलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस