aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

आईसिएफसि फाइनान्सको नाफा २०.२१ प्रतिशत घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
nepalmegaschool
आईसिएफसि फाइनान्सको नाफा २०.२१ प्रतिशत घट्यो
LBF

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आईसिएफसि फाइनान्स लिमिटेडले अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २० दशमलव २१ प्रतिशत कम खुद नाफा गरेको छ । अघिल्लो वर्ष रू. २५ करोड १४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. २० करोड ६ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो ।

अघिल्लो वर्षको तुलनामा कम्पनीको सञ्चालन नाफा २० दशमलव ३९ प्रतिशत कम रू. २७ करोड ४८ लाख भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ११ करोड ८४ लाखभन्दा बढी रहेको छ । १० दशमलव शून्य ४ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १ अर्ब १२ करोड ७१ लाख पु¥याएको कम्पनीको रिटेन्ड अर्निग रू. ११ करोड ८४ लाखभन्दा बढी र जगेडा कोष रकम रू. ४९ करोड ७४ लाखभन्दा बढी रहेको छ ।

कम्पनीले अघिल्लो वर्षको तुलनामा २३ दशमलव ५५ प्रतिशत बढी रू. १७ अर्ब ७१ करोड ९९ लाख ८४ हजार निक्षेप संकलन गरेको छ भने रू. १४ अर्ब ३० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव १८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ५४ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दमलव ८० र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव ६४ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस