aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

गरिमा विकास बैंकको नाफा १ अर्बभन्दा बढि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
nepalmegaschool
गरिमा विकास बैंकको नाफा १ अर्बभन्दा बढि
LBF

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १ अर्बभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले २६.३५ प्रतिशत बढी नाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

उक्त वित्तीय विवरण अनुसार यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानी १५.४४ प्रतिशत र सञ्चालन मुनाफा २५.६८ प्रतिशत बढेको छ। हाल बैंकको चुक्ता पूँजी २४.५९ प्रतिशत बढेको छ भने जगेडा कोष २२. ०६ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस