जापान लागे मोडालिटी बल्ल टुंगो लाग्यो, भाषा परीक्षा आगामी ११ र १२ कात्तिकमा हुने - Aarthiknews
aarthiknews.com विहीबार, २६ मंसिर २०७६   Thursday, 12 December, 2019
 
Bajaj_Bike

जापान लागे मोडालिटी बल्ल टुंगो लाग्यो, भाषा परीक्षा आगामी ११ र १२ कात्तिकमा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
Sunrise bank
जापान लागे मोडालिटी बल्ल टुंगो लाग्यो, भाषा परीक्षा आगामी ११ र १२ कात्तिकमा हुने
LBEF
NCH-IPS

काठमाडौं । निकै लामो प्रयासपछि सरकारले जापान जाने नेपाली कामदारका लागि लिइने भाषा परीक्षाको मिति र मोडालिटीबारे टुंगो लगाएको छ । पहिलो चरणमा नर्स र केयर गिभरका लागि जापान जाने कामदारको भाषा परीक्षा आगामी ११ र १२ कात्तिकमा हुने टुंगो लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार केही समयअघि नेपाल र जापानका प्राविधिक टोलीबीच समझदारी भएअनुसार नेपाली कामदार जापान पठाउने सम्बन्धमा आइपर्ने विविध प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । मन्त्रालयका रोजगार समन्वय महाशाखाका सहसचिव उमेश ढुंगानाले सोही छलफलका आधारमा भाषा परीक्षा र सीप परीक्षणको मिति टुंगो लागेको जानकारी दिए ।

उनले भाषा परीक्षामा उत्तीर्र्ण भएका कामदारको सीप परीक्षण पनि आगामी १९ र २० कात्तिकमा हुने बताए । मन्त्रालयका अनुसार भाषासँगै सीप परीक्षणमा सहभागी भई उत्तीर्ण भएका कामदार वैदेशिक रोजगारीका लागि जापान जान पाउनेछन् ।


नेपाल र जापान सरकारबीच भएको समझदारीमा पारित मस्यौदाअनुसार कामदारले जापानी भाषा बोल्न र लेख्न सक्ने एन–४ तहको भाषा उत्तीर्र्ण गर्नुपर्ने उल्लेख छ । यसैगरी, कामदारले एकपटक जापानी भाषा परीक्षा उत्तिर्ण गरेपछि सो परीक्षाको मान्यता १० वर्षसम्म हुन्छ ।राजधानी दैनिकबाट 

प्रतिक्रिया दिनुहोस