aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

कस्मेटिक्स कारखानामा छापा: करोडौ रकमको नक्कली सामानहरु बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० साउन २०७९
nepalmegaschool
कस्मेटिक्स कारखानामा छापा: करोडौ रकमको नक्कली सामानहरु बरामद
LBF

काठमाडौं । जिल्ला काठमाण्डौ गोकर्णेश्वर नगरपालीका वडा नं ६ नयाँ बस्तीसर्बेश्वर मार्गस्थित दिपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स  नामको कारखानामा नक्कली कस्मेटिक्स सामानहरु बराबद भएको छ ।  

 जिल्ला प्रहरी परिसर काठमाण्डौ, प्रहरी बृत्त बौद्ध, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागबाट संयुक्तरुपमा खटिएको टोलीद्वारा उल्लेखित स्थानमा रहेको मिसेल कस्मेटिक्स छापा मार्दा बिभिन्न कम्पनिका सौन्दर्य प्रसाधनका सामाग्रीहरू Shampoo, Hair Treatment Cream, Hair Oil नक्कलीरुपमा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ, तयारी अवस्थाको नक्कली सामानसहित बरामद गरिएको प्रहरीले जनाएको छ। 

प्रारम्भिक मूल्याङ्कन अनुसार उक्त सामाग्रीहरू करोडौको मूल्य बराबरको हुन सक्ने अनुमान गरिएको छ । उक्त कारखानमा छापामारी पश्चात बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागद्वारा थप अनुसन्धानका लागि कारखाना सिल गरिएको छ । 

हेयर स्याम्पु  ७३ कार्टुन,  Grandeur Hydrating Keratin १९० कार्टुन,Allons Heircare ३०० कार्टुन, Head & Shampoo तैयारी अवस्थाको १०० पिस, कच्चाहरु क्रिम बनाउने कच्चा पदार्थ भएको सेतो ५० लि को ड्रम(१६० थान, कच्चा पदार्थ भएको २५ के जि को बोरा-२० थान  रहेका छन् । 

त्यस्तै, मेसिनहरु मिक्सर मेसिन थान-१, टेपिङ्ग मेसिन थान-१, फिलिङ्ग मेसिन-२, प्याकिङ्ग मेसिन-२, लेवलिङ्ग मेसिन थान-१, फिल इन मेसिन-२, मिक्चर मेसिन थान-३ र मिति छाप्ने मेसिन रहेका छन् । 

प्रतिक्रिया दिनुहोस