
काठमाडौं । अर्थ मन्त्रालयको कमाण्ड कृष्णहरि पुष्करले पाएका छन् । राजश्व सचिव रहेका पुष्करलाई विहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिवको समेत जिम्मेवारी दिइएको हो ।बैठकले अर्थसचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गर्दैै पुष्करलाई अर्थको सचिवको जिम्मेवारी दिइएको छ ।
अर्थमन्त्रीमा जनार्दन शर्मासँग गत असार १४ गते मध्य रातमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेशलाई लिएर मनमुटावन भएपछि मरासिनी अर्थमन्त्रालयबाट विदा लिएर कार्यालयमा अनुपस्थित रहँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस