aarthiknews.com शनिबार, १५ असोज २०७९   Saturday, 01 October, 2022
 
Everest Bank
British College
Blue Diamond

यस वर्षभित्रै क्यापिटल मार्केट इन्स्टिच्युट खोल्छु: अध्यक्ष हमाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ साउन २०७९
Sanima Bank
यस वर्षभित्रै क्यापिटल मार्केट इन्स्टिच्युट खोल्छु: अध्यक्ष हमाल
LBF

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालले यस वर्ष भित्रै क्यापिटल मार्केट इन्स्टिच्युट खोल्ने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भने, ‘मैले मेरो कार्यकाल भित्र एक इन्स्टिच्युट खोल्ने सोचेको छु । यही २०७९ सालभित्रै क्यापिटल मार्केट इन्स्टिच्युट खोल्ने हाम्रो योजना रहेको छ ।’ 

त्यस्तै, उनले अहिलेको नेप्सेको प्रणालीले एक सय ७० भन्दा बढी ब्रोकर सिस्टम नधान्ने जिकिर गरे । यसका साथै उनले सेवाग्राहीहरूले अब डिजिटल सेवा पाउनु पर्नेमा जोड दिनुपर्ने बताए । 

 

प्रतिक्रिया दिनुहोस