aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्‌को निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ साउन २०७९
nepalmegaschool
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्‌को निर्णय
LBF

काठमाडौं । सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो । 

यसअघि सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्न सहमत भएका थिए । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि सोहि मितिमा निर्वाचन गराउन सहमत भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले बताए । 

उनले भने, ‘नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।’  

प्रतिक्रिया दिनुहोस