
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले कर्मचारीहरुको माग गरेको छ । बिहीबार एक सरकारी दैनिक पत्रिकामा विज्ञापन गरी अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
आज प्रकाशित विज्ञापन अनुसार अस्पतालले तेस्रो तहदेखि नवौं तहसम्मका कर्मचारीहरुको नियुक्तिका लागि आवेदन आह्वान गरेको हो । उक्त अस्पतालले मागेको पदमा रहेर काम गर्न इच्छुकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस