कसले पिउँछ हजुर यति महँगो चिया ? - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

कसले पिउँछ हजुर यति महँगो चिया ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
Sunrise bank
कसले पिउँछ हजुर यति महँगो चिया ?
LBEF
NCH-IPS

एजेन्सी । भारतको गुवाहाटीमा अन्तराष्ट्रिय स्तरको एउटा नयाँ रेकर्ड बनेको छ ।  त्यहाँ चियाको मुल्यमा रेकर्ड बनेको हो ।  गुवाहाटीको चिया लिलामी केन्द्रमा एक किलो चिया १२० रुपयाँमा बिक्री भएको छ । 

गुवाहाटीको डिकोम टी स्टेटले उत्पादन गरेको 'गोल्डन बटरफ्लाई' चिया हालसम्म कै महँगो मुल्यमा बिक्री भएको हो । गुवाहाटीको सबैभन्दा पुरानो चिया बिक्रेता 'मेसर्स असम टी ट्रेडर्स'ले यो चिया आफ्ना ग्राहकको लागी खरिद गरेको हो ।

मंगलबार यो नयाँ रेकर्ड बन्नुभन्दा पहिला यही वर्षको जुलाई ३१ तारिकमा माइजान ऑर्थोडोक्स गोल्डन टी टिप्स १ लाख १३ हजार रुपयाँमा बिक्री भएको थियो । 'गोल्डन बटरफ्लाई' को उत्पादन भएकै डिब्रूगढ़ जिल्लाको माथिल्लो असममा यो चियाको उत्पादन भएको थियो ।

यसअघी हरमट्टी गोल्ड टी ३५ हजार रुपयाँ प्रतिकिलो बिक्री भएको थियो । त्यसैगरी मनोहरी गोल्ड टी ८० हजार रुपयाँसम्ममा बिक्री भएको थियो ।

यी सबै चियाहरु यति महँगो हुनुको कारण चाहीं यसमा पाइने बिशेषता नै हो । अत्यन्तै सावधानीपूर्वक उत्पादन गरिएका यो हातेपत्ती चियाको नाम गोल्डन बटरफ्लाई रहनुको सन्दर्भ पनि रोचक छ । सन् २०१२ मा लण्डनबाट आएको ब्यापारीको टोलीले यो चिया उत्पादनको समयमा बगानमा सुनौला पुतलीहरु देखेपछी यसको नाम त्यसैको आधारमा राखेका हुन् ।

जून महिनाको एक हप्तामा मात्र उत्पादन हुने हुनाले यसको गुणस्तर पनि बिशेष छ । यसवर्ष जम्मा ८ किलोमात्र उत्पादन भएको यो चिया मंगलबार जम्मा १ किलो मात्र बिक्री भएको हो । समाचारमा उल्लेख भए अनुसार यसको स्वाद यती मधुर हुन्छ कि यो चिया पिएपछि धेरै समयसम्म राम्ररी पाकेको सक्खर मुखमा राखिरहे जस्तो अनुभूत हुन्छ ।   

प्रतिक्रिया दिनुहोस