सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २० प्रतिशतले वृद्धि - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २० प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
Sunrise bank
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २० प्रतिशतले वृद्धि
LBEF
NCH-IPS

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ३३ करोड १७ लाख खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलानमा २० दशमलव ३६ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकको खुद नाफा २७ करोड ५६ लाख थियो । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा २२ दशमलव ५९ प्रतिशत बढेर ९६ करोड ८६ लाख पुगेको छ भने संचालन मुनाफा १९ दशमलव ९० प्रतिशत बढेर ५२ करोड १ लाख पुगेको छ । 


समिक्षा अवधिसम्म बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख रहेको छ । बैंकको जगेडा कोषमा  ६८ करोड ३२ लाख जम्मा भएको छ । बैंकले २२ अर्ब ४७ करोड निक्षेप संकलन गरेको छ । गत आवमा बैंकले १९ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ८ छ । बैंकको प्रतिशेयर आम्दानी रू. १२ दशमलव ७३ छ भने प्रतिशेयर नेटवर्थ  १२६ दशमलव २१ रहेको छ । बैंकको तलरता अनुपात भने २५ दशमलव ७५ प्रतिशत रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });