aarthiknews.com बुधबार, ३१ असार २०७७   Wednesday, 15 July, 2020
 
Citizen life

ओरियन्टल होटल्स्को नाफामा सामान्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
Sunrise
ओरियन्टल होटल्स्को नाफामा सामान्य वृद्धि
LBEF

काठमाडौं । ओरियन्टल होटल्स्ले गत आवमा २९ करोड ७८ लाख ३७ हजार नाफा गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा २ दशमलव ३९ प्रतिशत बढी हो । अघिल्लो वर्षभन्दा ५ दशमलव ४० प्रतिशत बढी  १ अर्ब २३ करोड ४८ लाख ६४ हजार आम्दानी गरेको होटलले १० दशमलव ३६ प्रतिशत बढी ७३ करोड ६६ लाख ७२ हजार खर्च गरेको छ ।

गत वर्ष १५ प्रतिशत बोनस शेयर वितरण गरी १ अर्ब ७ करोड ४३ लाख ७१ हजार चुक्ता पुँजी कायम गरेको होटलको जगेडा कोष रकम १ अर्ब १७ करोड १८ लाख ७ हजार छ । प्रतिशेयर आम्दानी रू. २७ दशमलव ७२ र प्रतिशेयर नेटवर्थ २०९ दशमलव शून्य ७ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस