aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ साउन २०७९
छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
NIBL

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृतविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ । आयोगले  अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीविरुद्ध मुद्दा दायर गरेको हो । 

जोशीले छत्रदेव गाउँपालिकामा आर्थिक वर्ष २०७३/०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको पाइएको छ । साथै बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी आयोगमा परेको थियो । 

उक्त उजुरीबारे अनुसन्धान हुँदा छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशी सरुवा भई गए पश्चात कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला परेको थिएन । जोशीले सामानहरु खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गरिएकोमा खरिद भएका सामग्रीहरु मध्ये चार लाख ४७ हजार ५ सय रुपैयाँ बराबरका सामग्रीहरु कार्यालयमा नरहेको देखिएको छ । जोशीले भ्रष्टाचार गरेको पुष्टि भएकोले चार लाख ४७ हजार पाँच सय रुपैयाँ कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस