आज पनि नेप्सेमा गिरावट - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

आज पनि नेप्सेमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
Sunrise bank
आज पनि नेप्सेमा गिरावट
LBEF
NCH-IPS

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पनि गिरावट आएको छ । यस दिन नेप्से ५ दशमलव १७ अंकले गिरावट हुँदै १२२५ दशमलव ९० अंकमा झरेको छ ।
बुधबार कुल १६९ कम्पनीको  १० लाख ६९ हजार ६९० कित्ता शेयर २५ करोड ७२ लाख ८५  हजार रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम विगतको तुलनामा न्यून हो । नेप्सेमा सूचीकृत कम्पनीले धमाधम अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेको भए पनि लगानीकर्ताहरु आकर्षित हुन सकेका छैनन् ।
धिमा गतिमा रहेको नेप्सेमा सबैभन्दा बढी नेपाल बैंकको शेयर कारोबार भएको छ । यस कम्पनीको मात्रै २ करोड १० रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
समग्र परिसूचकमा गिरावट आएको दिन विजय लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य  ४ दशमलव २६ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै एनएलजी इन्स्यनेरेन्स कम्पनीको शेयर मूल्य २ दशमलव ५३ प्रतिशतले वृद्धि  भएको छ । तर, वल्र्ड मर्चेन्ट बैंकिङ एइन्ड फाइनानस कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले गिरावट आएको छ । यस दिन कारोबारमा आएको उपसमूहमध्ये लघुवित्त समूहबाहेक सबै समूहमा गिरावट आएको यो समूह पनि शून्य दशमलव १४ अंकले मात्रै बढेको नेप्सेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });