aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

भारतमा २० हजार नयाँ सङ्क्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ साउन २०७९
nepalmegaschool
भारतमा २० हजार नयाँ सङ्क्रमित
LBF

नयाँ दिल्ली ।  भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन् ।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ । ती मध्ये एक लाख ४३ हजार ३८४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्कमा देखिएको छ ।

पछिल्लो समय भारतमा दैनिक नयाँ सङ्क्रमितहरूको  सङ्ख्या र सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या पाँच लाख २६ हजार ३१२ पुगेको छ । सङ्क्रमणमुक्त भएकाहरूको प्रतिशत ९८।४८ रहेको छ । पछिल्लो एक दिनमा २० हजार ९५८ जना सङ्क्रमणमुक्त भएका छन् । एएनआई     

प्रतिक्रिया दिनुहोस