aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

बन्द कोठा भित्र छरपष्ट किताब र भित्तामा टाँसिएका केही थान प्रमाणपत्रहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ साउन २०७९
nepalmegaschool
बन्द कोठा भित्र छरपष्ट किताब र भित्तामा टाँसिएका केही थान प्रमाणपत्रहरु
LBF
  • प्रियंका भण्डारी

मध्यरात ! सुनसान शहर, यो व्यस्त काठमाडौं १ यतिखेर चिर निन्द्रामा सुतिरहेको बेला म भने पटक्कै सुत्न सकिरहेकी छैन । मेरा खुल्ला आँखाले देखेका ति सपनाहरुको तापले मलाई भित्रभित्रै उकुसमुकुस बनाईरहेको छ । बन्द कोठा भित्र छरपष्ट रहेका किताब र भित्तामा टाँसिएका केही थान प्रमाणपत्रहरुले मलाई प्रश्न गर्दै थिए । तँ किन टोलाउछेस रु अनुत्तरित म फेरि चुपचाप निदाउने प्रयास गर्छु ....

  हो १ साँच्चै नै आज भोलि म शारीरिक थकानभन्दा पनि मानसिक थकानले निक्कै गलेकी छु । ति खुल्ला आँखाले देखेका हजारौँ सपनाहरुले मलाई त्यो सुन्दर गन्तव्यमा पर्खिरहेका छन् भन्ने आसा बोकेर सपनाको रणभुमिमा बिछिप्त भएर ढलेकी मलाई पुरा गर्न बाँकी रहेका तिनै सपनाहरुले झ्वास्स झस्काएर व्युँझाई दिन्छन् । 

खै हिजोआज म धेरै नै फुर्सदिली भएर पो हो कि ! थुप्रै यादहरु आईरन्छन् । विगत, वर्तमान, भविष्य यस्तै यस्तै.... ति विगतमा मैले गरेका कामहरुको समिक्षा गर्दै अबको वर्तमानलाई कुन दिशातर्फ लैजाने भन्ने विषयमै मेरा दिनरात बितिरहेका छन् । छोटो समयको टेलिभिजन पत्रकारितालाई बिट मारेर सक्रिय विद्यार्थी राजनीतिमा फर्किएकी मलाई थुप्रैले मेरा अगाडि थुप्रै खालका प्रश्नहरु तेर्स्याउँछन् । आखिर राजनीतिमा लागेर के पाउँछौ र ? त्यति राम्रो जागिर छोडेर किन लागेको  राजनीतिमा ? केटी मान्छेलाई त गाह्रो हुन्छ नि राजनीति गर्न ? अझ केहिले त राजनीतिमा लागेर धेरैको भविष्य बिग्रीएको उदाहरण दिदै भन्छन् दिनदिनै पार्टीका कार्यक्रममा हिँडेर आखिर के पाइन्छ ? न तलब आउँछ न भत्ता ? फगत समयको बर्बाद !भन्दै नाक खुम्च्याउँछन् । 

मलाई जवाफ फर्काउन मन लाग्छ राजनीति सेवा हो, न कि पैसा कमाउने थलो ! म त राष्ट्रको सेवा गर्न लागेकी हुँ । समाज  परिवर्तन गर्न हिँडेकी हुँ, न कि सम्पति कमाउन निष्ठाको राजनीति अङगालेकि छु कुनै दिन यस्को सम्मान हुनेछ म निष्ठा पुर्वक देश र जनताको सेवा गर्ने छु ।

तर म मौन बस्छु । जवाफ फर्काउन आवश्यक ठान्दिन । यस्ता धेरै प्रश्नहरु झेलेर होला जवाफ दिनुभन्दा पनि म मौन बस्न रुचाउँछु । मनमनै भन्छु, बस समय आउँछ । समयले नै सबै प्रश्नको उत्तर दिन्छ । मान्छेको सोच, मान्छेको मान्छे प्रतिको धारणा र मान्छेको काम प्रतिको बुझाईलाई अलि फराकिलो तरीकाले बुझिदिउन भन्ने पनि लाग्छ । तर मान्छेका सङ्कुचित सोचलाई परिवर्तन गर्न मुस्किल रहेछ । जति नै आदर्शका गफ गरेपनि हाम्रो सामाजिक प्रवृत्ति यहाँ भन्दा माथि उठ्न सकेको छैन । 

हाम्रो समाजमा अझै पनि महिला र पुरुष बिच असमान्ताको ठुलो खाडल कायमै छ । महिलालाई हेर्ने र बुझ्ने दृष्टिकोण फेरिन सकेको छैन । महिलाहरु समाज र राष्ट्रका महत्वपुर्ण हिस्सा हुन् भन्ने कुरा हाम्रो समाजले बुझ्न सकेको छैन । महिलाहरु लाई घरको कामकाज र परिवारको रेखदेख मै सिमित बनाईन्छ । जति क्षमता पुरुषसंग छ, त्यति क्षमता महिलासंग पनि छ भन्ने कुरामा विश्वास राख्छु म । किनकि प्रकृतिले कसैलाई न्याय  अन्याय गरेर धर्तीमा पठाएको छैन । शारीरिक भिन्नतालाई आधार मानेर हाम्रो समाजले महिलालाई कमजोर मानेको हो । महिला र पुरुषको विभाजन गरेको हो । कामको वर्गिकरण गरेको हो ।

महिलालाई मात्र एउटी गृहिणी र पारिवारीक जिम्मेवारी सम्हाल्ने मेसिनकोरुपमा हेर्ने, अनि बाहिरी काम र आर्थिक कुरामा पुरुषको भरपर्ने प्रबृतिको विकास भएसंगै महिलाहरुलाई कमजोर शक्तिको रुपमा चित्रण गरिएको हो । जब सम्म महिलाहरु  आर्थिक रुपमा सक्षम हुदैनन तबसम्म समाजमा कमजोर पात्र बनि रहन्छन  , हेप्पिई रहन्छन । आजकल मेरो ब्रह्मा ले यहि भन्छ ।

अब मलाइ त्यो कमजोर पात्र बन्निनु छैन । आत्मनिर्भर भएर आफ्नै स्वभिमानमा बाँच्नु छ । शिर ठाडो बनाएर हिँड्नु छ । जिवनमा आउने सबै खाले चुनौतीलाई स्विकार्दै, सामना गर्दै अगाडी बढ्नु छ । मेरो परिवारले दिएको यो स्वतन्त्रतालाई सहि ठाउँमा प्रयोग गर्नु छ । मैले रोजेको क्षेत्रमा सफलता हाँसिल गर्नु छ । अनि मेरा रातभर जागेका यि खुल्ला आँखाले देखेका ति हर सपनाहरु पुरा गर्नु छ । (लेखिका भण्डारी अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य हुन)

प्रतिक्रिया दिनुहोस