ईजी ट्याक्सी नेपालको गाईजात्रे क्यासब्याक अफर : जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुलाई फिर्ता - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

ईजी ट्याक्सी नेपालको गाईजात्रे क्यासब्याक अफर : जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुलाई फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
Sunrise bank
ईजी ट्याक्सी नेपालको गाईजात्रे क्यासब्याक अफर : जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुलाई फिर्ता
LBEF
NCH-IPS

काठमाडौं । ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसर पारेर  यात्रुहरुलाई क्यासब्याक अफर ल्याएको छ । एप्समार्फत घरमा नै ट्याक्सी बोलाउन सकिने सेवा दिँदै आएको ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुहरुको वालेटमा फिर्ता गर्ने ‘गाईजात्रे क्यासब्याक अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले जनै पूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर साउन ३० र ३१ गते दुई दिन दिउँसो १२ बजेदेखि ३ बजेभित्र ईजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुलाई सो रकम फिर्ता योजना ल्याएको हो । फिर्ता भएको क्यासब्याक रकम यात्रुहरुले अर्को ट्याक्सी राईडमा प्रयोग गर्न सक्नेछन् । ईजी ट्याक्सीले आफ्नो मोबाइल एपमा नयाँ अपडेट ल्याएसँगै यो अफर पनि सार्वजनिक गरेको छ ।


गाईजात्रे अफरअन्तरगत ईजीट्याक्सी नेपालका एप्समार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुका साथै चालकहरुका लागि समेत अफर घोषणा गरेको छ । जसअन्तरगत चालकहरुले सो एपमार्फत यात्रुहरुलाई जति किलोमिटर यात्रा गराउँछ त्यति धेरै रकम आम्दानी गर्नसक्ने सुविधा दिएको छ । चालकहरुका लागि प्रतिकिलोमिटर  २ रुपैयाँको दरले चालकहरुको वालेटमा रकम फिर्ता हुनेछ ।  ईजी ट्याक्सी नेपालको गाईजात्रे क्यासब्याक अफरमा यात्रुहरुलाई भने अधिकतम दुई सय रुपैयाँसम्म मात्र प्राप्त हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस