विप्लव नेकपाद्वारा रोल्पामा सरकारी गाडीमाथि प्रतिबन्ध - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

विप्लव नेकपाद्वारा रोल्पामा सरकारी गाडीमाथि प्रतिबन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
Sunrise bank
विप्लव नेकपाद्वारा रोल्पामा सरकारी गाडीमाथि प्रतिबन्ध
LBEF
NCH-IPS

काठमाडौं । सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पामा सरकारी सवारी साधनमाथि प्रतिबन्ध लगाउने भएको छ ।

जिल्ला संगठन समिति रोल्पाले जिल्लाभर सरकारी सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। पार्टीको मध्यपश्चिम कमान्डको निर्देशन अनुसार जिल्ला पार्टी कमिटीले यस्तो निर्णय गरेको नवनियुक्त जिल्ला सेक्रेटरी मानवले जानकारी दिए।

यसैबीच, पार्टी केन्द्रको निर्देशन अनुसार रोल्पा जिल्लामा शुद्धीकरण अभियान संचालन थालिएको छ । शुद्धीकरणको सुरुवात जिल्ला कमिटीबाटै गर्ने भन्दै ३ दर्जन बढी जिल्ला कमिटी सदस्यलाई करिब २ दर्जनमा झारिएको जिल्ला कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस