aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सोमबार सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ साउन २०७९
himalayanlife
सोमबार सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
DHI
NIBL

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार हरियाली छाएको छ । सोमबार नेप्से ५४.४५ अंकले बढेर दुई हजार एक सय ३२ दशमलब ९६ विन्दुमा बन्द पुगेको हो । त्यस्तै, आज नेप्सेमा चार अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आइतबार कारोबार भएका कम्पनीमध्ये १७६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये ७ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

नेप्सेका अनुसार सोमबार नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स कम्पनी, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

प्रतिक्रिया दिनुहोस