पठाओको ट्याक्सी सेवा लोकप्रिय बन्दै - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ भदौ २०७६   Friday, 23 August, 2019
 

पठाओको ट्याक्सी सेवा लोकप्रिय बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise bank
पठाओको ट्याक्सी सेवा लोकप्रिय बन्दै
LBEF
NCH-IPS

काठमाडौं । मोटरसाइकलमार्फत यात्रुलाई सेवा दिँदै आएको राइड सेयरिङ एप पठाओले शुक्रबारदेखि काठमाडौंमा ट्याक्सीमार्फत पनि सेवा दिएको छ । मोटरसाइकल राइड सेयरिङ सेवासंँगै कार लाइट नामबाट कालो नम्बर प्लेट भएका सार्वजनिक ट्याक्सी पनि पठाओ एप्लिकेसनबाट सूचना प्रविधि संयन्त्रमा आवद्ध भई ट्याक्सी सेवा पठाओ एप्लिकेसनमार्फत सेवा शुरु गरेको हो ।


पठाओ एप्लिकेसनद्वारा जोसुकैले एक अर्कासंँग सम्र्पक वा समन्वय गरी सहकार्य र सेवा प्रदान गर्न सक्ने भएकाले  एप्लिकेसनको प्रयोग गर्ने व्यक्तिहरुले सहज  हुने भएको हो ।  यसअघि मोटरसाइकको सेवा लिएजस्तै शुक्रबारदेखि ट्याक्सीलाई पनि  सेवाग्राहीले आफूले चाहेको स्थानमा बोलाउन सकिने व्यवस्था पठाओले गरेको छ । 

काठमाडौं उपत्यकाभित्रका जुनसुकै स्थानमा यात्रुलाई सेवा दिने उद्देश्यका साथ पठाओले ५ सयभन्दा बढी ट्याक्सी सञ्चालनमा ल्याएको कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए । पठाओले काठमाडौंको व्यस्त भईरहने शहरलाई सवारी साधन अलि कम गरेसँगै प्रदूषण घटाएको बस्न्यातको दाबी छ । उनले भने–‘सवारी साधनले पहिले यात्रु कुर्नुपर्ने अवस्था थियो अहिले सूचना प्रविधि संयन्त्रमा आबद्ध भई ट्याक्सी सेवा लिने गरेका छन् ।’ 

पठाओको ट्याक्सी सेवा मोटरसाइकलजस्तै लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ । रातिमा यात्रालाई यो बढी उपयोगी भएको भन्दै महिलाका निम्ति पनि बढी सुरक्षित रहेको कम्पनीको भनाइ छ ।

यो सेवा एकदमै भरपर्दो र विश्वसनीय भएको हुँदा महिलासंगै विद्यार्थीहरुलाई बढी लोकप्रिय भएको बस्न्यातले बताए । अहिले यस कम्पनीले सूचना प्रविधिको माध्यमबाट सार्वजनिक सेवाको परिष्कृत रुपमा सूधारसहित जवाफदेहीता अभिवृद्धि गर्नका लागि शुरु गरिएको नयाँ सेवालाई पनि सर्वसाधारणको पूर्ण साथ र सहयोग प्राप्त हुनेमा आफूहरु ढुक्क रहेको बस्न्यातको भनाइ छ । 

कार लाइट अन्तर्गत आबद्ध ट्याक्सीहरुले प्रदान गर्ने सेवावापत लिने भाडाको सम्बन्धमा बुकिङ चार्ज बापत १०० रुपैयाँ शुल्कबारे उनले भने–‘कार लाइट सेवा  सरकारले तोकेको ट्याक्सीको भाडा दररेट अनुसार नै सञ्चालनमा रहने छ । बुकिङ चार्ज बापत १०० रुपैयाँमा शुरुको मिटर अन गर्दा शुल्क १४ रुपैयाँ, ३ किलोमिटर सम्मको दुरीबाट ग्राहकलाई लिन जानुपर्दा अतिरिक्त इन्धन र अन्य खर्च बापतको रकम त्यस्तै फोनकल  तथा निरन्तर अनलाइन बसि कार्य गर्नका लागि चाहिने इन्टरनेटलगायतको खर्च रहेको छ ।’  ट्राफिक जाम तथा ग्राहकका चाहना बमोजिम कुर्नु पर्ने अवधिको लागि थप १ रुपैयाँ प्रतिमिनेट शुल्क रहेको बस्न्यातले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस