लुम्बिनी विकास बैंकले ९९ प्रतिशत नाफा बढायो - Aarthiknews
aarthiknews.com विहीबार, ०५ भदौ २०७६   Thursday, 22 August, 2019
 

लुम्बिनी विकास बैंकले ९९ प्रतिशत नाफा बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise bank
लुम्बिनी विकास बैंकले ९९ प्रतिशत नाफा बढायो
LBEF
NCH-IPS

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षमा ५८ करोड ९७ लाख  खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले ९६ दशमलव ७७ प्रतिशत नाफा बढाएको छ ।
यस वर्ष कम्पनीले १३ करोड ४८ लाख  खराब कर्जा उठाएको छ । अघिल्लो वर्ष १ करोड ७० लाख २७ हजार मात्र खराब कर्जा उठेको थियो । २ अर्ब २० करोड ९७ लाख ६६ हजार चुक्ता पुँजी रहेको  कम्पनीको जगेडा कोषमा १ अर्ब ६३ करोड ६६ लाख ४० हजार रुपैषँ रहेको छ ।


२४ अर्ब ८० करोड  निक्षेप संकलन गरेको कम्पनीले २२ अर्ब ७६ करोड ९९ लाख ८३ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २६ दशमलव ६८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस