नेप्सेमा फेरि गिरावट - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

नेप्सेमा फेरि गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise bank
नेप्सेमा फेरि गिरावट
LBEF

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार फेरि गिरावट आएको छ । अघिल्लो दिन झिनो सुधार देखिएको परिसूचक आज पुनः ओरालो लागेको हो ।  यस दिन परिसूचक २ दशमलव ७८ अंकले ओरालो लागेको छ । परिसूचकमा ओरालो लागेको भए पनि कारोबार रकम भने वृद्धि भएको छ । यस दिन ४८ करोड १६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

उक्त शेयर कारोबार १६५ कम्पनीको १८ लाख ९६ हजारभन्दा बढी कित्ता किनबेच भएको थियो  । यस दिन सामूहिक लगानी कोष उपसमूहबाहेक सबै उपसमूहमा गिरावट आएको छ । 

मंगलबार सबैभन्दा बढी माछापुच्छ«े बैंकको कारोबार भएको छ । समग्र परिसूचकमा गिरावट आए पनि युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएमा छन् । यस कम्पनीको शेयर मूल्य साढे सात प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस