विद्युत प्राधिकरणको नाफा डेढ सय प्रतिशतले बढ्यो - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

विद्युत प्राधिकरणको नाफा डेढ सय प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise bank
विद्युत प्राधिकरणको नाफा डेढ सय प्रतिशतले बढ्यो
LBEF
NCH-IPS

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणको नाफा डेढ सय प्रतिशतले वृद्धि भएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ । आज प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा  सो जानकारी दिइएको हो । 

अघिल्लो  वर्ष प्राधिकरणले २ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको थियो।  प्राधिकरणले विद्युत चुहावट १५.३२ प्रतिशतमा झारेको छ । अघिल्लो आवमा चुहावट २०.४५ प्रतिशत थियो। प्राधिकरणले गत आर्थिक वर्षमा ७८ प्रतिशतले ग्राहक संख्या वृद्धि गरी  ४५ लाख पुगेको  जनाएको छ ।  प्राधिकरकणले सञ्चित नोक्सानी  १० अर्बले घटाउँदै  १५ अर्ब १३ करोडमा झारेको छ ।  अघिल्लो आर्थिक वर्षमा प्राधिकरणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले सरकारको ढुकुटीमा १५ अर्ब ५९ करोड दाखिला गरेको छ । 
    
     प्राधिकरणले विद्युत् उत्पादनमा पनि निजी क्षेत्रको तुलनामा आफूलाई अग्रस्थानमा राख्न सफल भएको छ । प्राधिकरणको उत्पादन हिस्सा ३४ प्रतिशत, निजी क्षेत्रको २९ र आयात ३७ प्रतिशत रहेको छ । गत आवको कूल सात अर्ब ५५ करोड युनिट विद्युत् उपलब्धतामध्ये प्राधिकरणको करीब दुई अर्ब ५५ करोड युनिट, निजी उत्पादकको दुई अर्ब १९ करोड र आयात दुई अर्ब ८१ करोड युनिट रहेको छ ।    
       
 गत आर्थिक वर्षमा प्राधिकरणले निजी उत्पादकबाट रु १४ अर्ब १३ करोडको बिजुली खरीद गरेको थियो । त्यस्तै रु २३ अर्ब तीन करोडको विद्युत् आयात भएको प्राधिकरणले जनाएको छ । सो अवधिमा प्राधिकरणले रु ३२ करोडको बिजुली निर्यातसमेत गरेको थियो । गत असार अन्तिम साता परेको अविरल वर्षाका कारण आन्तरिक उत्पादनमा भएको वृद्धि तथा तराईका क्षेत्र डुबानका कारण आन्तरिक खपत कम हुँदा प्राधिकरणले झण्डै ५०० मेगावाट विद्युत् निर्यात गरेको थियो ।    
 

 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });