२६ लाखकाे मेसिनबाट सेनेटरी प्याड निःशुल्क - Aarthiknews
aarthiknews.com विहीबार, ०५ भदौ २०७६   Thursday, 22 August, 2019
 

२६ लाखकाे मेसिनबाट सेनेटरी प्याड निःशुल्क

  • रासस
    रासस
  • मंगलबार, २८ साउन २०७६
Sunrise bank
२६ लाखकाे मेसिनबाट सेनेटरी प्याड निःशुल्क
LBEF
NCH-IPS

काठमाडाैं । विद्यालयमा अध्ययनरत् छात्राहरु सहजताका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटिएम मेसिन’ जडान गरेको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याड जुनसुकै बेला लिन सक्ने गरी सो मेसिन जडान गरिएको बताउनुभयो ।

नगरपालिकाले रु २६ लाख ३३ हजारमा सो मेसिन जडान गरेको हो । महिनावारी भएको बेला पनि छात्राहरुलाई सहज हुने भएकोले मेसिन विद्यालयमै जडान गरिएको नगरप्रमुख चन्दको भनाइ थियो ।

“महिनावारी भएका बेला छात्राहरु विद्यालय नआउने र बीचमै पढाइ छाड्ने लगायतका समस्या नदेखिउन भनेर निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको हो ।” चन्दले भन्नुभयो, “सरकारले पनि चालू आवमा सबै सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भनेको छ ।”

प्रतिक्रिया दिनुहोस