भिसा नदिई पठाएको अमेरिकी दुतावासले क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलायो - Aarthiknews
aarthiknews.com विहीबार, ०५ भदौ २०७६   Thursday, 22 August, 2019
 

भिसा नदिई पठाएको अमेरिकी दुतावासले क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise bank
भिसा नदिई पठाएको अमेरिकी दुतावासले क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलायो
LBEF
NCH-IPS

काठमाडौं । विहान भिसा नदिएको अमेरिकी दुतावासले क्रिकेट सन्दीप लामिछानेलाई अहिले दिउँसो फेरि दूतावासमा बोलाएको छ । २१ अगष्टबाट हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउनका लागि लामिछानेले भिसाका लागि मंगलबार बिहान अमेरिकी दूतावास पुगेका थिए। तर, विहान उनको भिसा आवेदन दूतावासले अस्वीकार गरेको थियो । 

आफूलाई अमेरिकाले भिसा नदिएको लामिछानेले  टुवीट्मार्फत  सार्वजनिक गरेका थिए । उनले सो टुवीट प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई मेन्सन गर्दै गरेपछि सो कुरा सामाजिक सञ्जालमा भाइरल भएको थियो । दूतावासले  बोलाएपछि अहिले लामिछाने दूताबास गएको बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस