
काठमाडौं । छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा ३६ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका ८ फुलबारी टोलस्थित टोकराज खड्काको होलसेल किराना पसलमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा पसलभित्र रहेका सम्पूर्ण सामान र नगद ६५ हजार रूपैयाँ जलेर करिब २७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
त्यस्तै, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १ भवनगैरास्थित महेश राईको घरमा रहेको किराना पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा किराना पसलको सम्पूर्ण सामान जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस