aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

मुक्तिनाथ क्यापिटलको शतप्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ साउन २०७९
himalayanlife
मुक्तिनाथ क्यापिटलको शतप्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा
DHI
NIBL

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले साउन १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर जारी गरेको छ । क्यापिटलको २०७८ साल कात्तिक २३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भए बमोजिम साविक शेयरधनीहरूका लागि १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर विक्री खुला गरिएको हो ।

हाल क्यापिटलको चुक्तापूँँजी रू. २० करोड २५ लाख रहेको छ । सोही पूँजीको आधारमा क्यापिटलले २० लाख २५ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । साउन ५ गतेसम्म विक्रीमा रहने यो हकप्रद शेयर खरीदका लागि सम्बन्धीत शेयरधनीहरूले कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस