aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

एचआईडिसीएलको अवितरित हकप्रद शेयर बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ असार २०७९
himalayanlife
एचआईडिसीएलको अवितरित हकप्रद शेयर बाँडफाँट
DHI
NIBL

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले लिलामी प्रकृयाकबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ ।

कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख कित्ता अवितरित हकप्रद शेयर विक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूलाई असार २४ गते उक्त हकप्रद शेयर बाँडफाँट गरेको जानकारी कम्पनीले दिएको हो ।

कम्पनीले प्रतिशेयर रू. १०० कट अफ मूल्यमै ३७७ जना आवेदकहरूलाई माग बमोजिम शेयर बाँडफाँट गरेको हो । यो शेयर खरीदका लागि आवेदन दिएका १० जनाको ११ थान बोलपत्र रितपूर्वक नभएको भन्दै रद्द गरिएको छ । शेयर विक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पुरा गरेको छ ।

यो बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको बैक खातामै साउन १ गतेदेखि रकमान्तर गरिने जानकारी विक्री प्रबन्धकले दिएको छ । कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसेकेको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो ।

पहिलो चरणमा लिलामी प्रकृयाबाट विक्री खुला गर्दा  न्यूनतम एक करोड कित्ताको सीमाका कारण वितरण हुन नसकेको उक्त शेयर कम्पनीले नियमावली संशोधननै गरेर न्यूनतम १०० कित्ताको सीमा तय गरी विक्री गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस