चीनको कार विक्रीदर जुलाईमा सामान्य कमी - Aarthiknews
aarthiknews.com विहीबार, ०५ भदौ २०७६   Thursday, 22 August, 2019
 

चीनको कार विक्रीदर जुलाईमा सामान्य कमी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
Sunrise bank
चीनको कार विक्रीदर जुलाईमा सामान्य कमी
LBEF
NCH-IPS

बेइजिङ ।  चीनमा कार बिक्री दरमा गत बर्षको जुनको तुलनामा यस बर्ष ४.३ प्रतिशतले कमी आएको चिनियाँ कार निर्माण कम्पनी संघले सोमबार बताएको छ ।

“यस बर्षको जुलाईमा १० लाख ८८ हजार कार विक्री भएको र यो गत बर्षको तुलनामा ४.३ प्रतिशतले कमी हो । कार बिक्रीदर यस बर्षको जुनको तुलनामा जुलाईमा ५.३ प्रतिशत अङ्कले कमी आएकोे छ,” संघका महासचिव चेन सिहुआले बताउनुभयो । “सन् २०१९ को पहिलो सात महिनामा चीनमा जम्मा एक करोड ४१ लाख ३२ हजार कार विक्री भएको छ,” चेनले भन्नुभयो ।

यो गत बर्षको सोही समयको विक्रीको तुलनामा ११.४ प्रतिशतले कमी हो । चीनले जनवरीदेखि जुलाईसम्ममा एक करोड ३९ लाख ३३ हजार कारको निर्माण गरेको थियो । अघिल्लो बर्षको सोही अवधिको तुलनामा यस बर्ष कार निर्माणमा १३.५ प्रतिशतले कमी आएको छ ।

विद्युतीय उर्जाबाट चल्ने कारको विक्रीमा पनि गत बर्षको तुलनामा यस बर्षको शुरूका सात महिनामा उल्लेख्य वृद्धि भएको चेनले बताउनुभयो । विद्युतीय उर्जाबाट चल्ने सवारी साधनको यस बर्षको उत्पादनमा ४०.९ प्रतिशतले वृद्धि हुँदा चीनमा छ लाख ९९ हजार विद्युतीय सवारी उत्पादन भएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस