
काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनीहल पछाडी आगलागी भएको छ । भृकुटीमण्डप स्थित प्रदर्शनीहलको पछाडी रहेको स्टोरमा आगलागी भएको हो । उक्त भवन लामो समयदेखि प्रयोगविहिन रहँदै आएको थियो । उक्त आगो निभाउने प्रयास भइरहेको छ । उक्त आगोलागी कसरी भयो भन्ने थप विवरण भने आउन बाँकी रहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जानकारी दिए । काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस