मुक्तिनाथ विकास बैंकसँग दुई हस्पिटलको सम्झौता - Aarthiknews
aarthiknews.com आइतबार, ०१ भदौ २०७६   Sunday, 18 August, 2019
 

मुक्तिनाथ विकास बैंकसँग दुई हस्पिटलको सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
Sunrise bank
मुक्तिनाथ विकास बैंकसँग दुई हस्पिटलको सम्झौता
LBEF
IPS

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विराटनगरस्थित सञ्जिवनी हस्पिटल तथा आईभीएफ सेन्टर प्रालिसँग बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ । उक्त सम्झौता पत्रमा सञ्जिवनी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् । 


त्यस्तै विकास बैंकले विराटनगरकै विराट आँखा हस्पिटलसंँग पनि बैंकका ग्राहकलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ । उक्त सम्झौता पत्रमा विराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस