काठडमाडाैं महानगरका ८ वडाभित्र फोहोर पठाउँदा शुल्क तिर्नु नपर्ने - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

काठडमाडाैं महानगरका ८ वडाभित्र फोहोर पठाउँदा शुल्क तिर्नु नपर्ने

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • सोमबार, २७ साउन २०७६
Sunrise bank
काठडमाडाैं महानगरका ८ वडाभित्र फोहोर पठाउँदा शुल्क तिर्नु नपर्ने
LBEF
NCH-IPS

काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले भदौ १ गतेदेखि चार वटा वडामा ‘सेग्रिगेसन’ योजना लागू गर्ने भएको छ ।  विभागले फोहोर व्यवस्थापन गर्नको लागि महानगरभित्र रहेका चार वटा वडामा याे याेजना लागू गर्न लागेको हो ।

यसैगरी, महानगरभित्र रहेका १२, १८, १९, २०, २१, २३ वडामा पूर्ण निशुल्कका साथै २४ र २५ का केही क्षेत्रमा वडाबासीले आफ्नो घरमा भएको फोहोर महानगरको गाडीमा पठाउँदा कुनै पनि शुल्क तिर्नु नपर्ने योजना लागू गरेकाे छ । 


‘सेग्रिगेसन’ याेजनाका निम्ति कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै संकलन गरी फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार र बुधबार नकुहिने फोहोर संकलन गर्ने र अन्य बार कुहिने फोहोर संकलन गर्ने विभागले जनाएको छ । 


फोहोर व्यवस्थापन गर्नको लागि महानगरले चार वटा वडामा नौ समूह बनाएर करिब पाँच सय जनालाई तालिम दिएको छ । एउटा समूहमा ५० जना राख्ने भनिए पनि तालिममा ८० जना सहभागी भएको विभागले जनाएको । यद्यपि, फोहोर संकलन गर्नको लागि बजेट अभावका कारण ५० जनालाई मात्र डस्बिन उपलब्ध गराएको विभागको भनाइ छ । 

महानगरले दैनिक २५० टन फोहोर संकलन
काठमाडौं महानगरपालिकाको गाडलिे दैनिक २५० टन फोहोर संकलन गर्ने गरेको छ । महानगरपालिकाभित्र फोहोर संकलन गर्ने ६५० जना कर्मचारी रहेका छन् । 


महानगरको ६५ वटा गाडीले दैनिक २५० टन फोहोर संकलन गर्ने र २१ वटा ठुला गाडीले सिसडोलमा फोहोर लैजाने गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । महानगरपालिकाले २०७६÷७७ वातावरण उद्यान व्यवस्थापनमा ४० करोड ४८ लाख रुपैयाँ बजेट छ्ट्याएको डंगोलले बताए । 

फोहोर पठाउँदा पैसा तिर्नु पर्दैन  

महानगरभित्र रहेको करिब आठ वटा वडाबासीले फोहोर पठाउँदा पैसा नै तिर्नु पर्दैन ।
महानगरभित्र रहेका १२, १८, १९, २०, २१, २३ वडाबासीले आफ्नो घरमा भएको फोहोर महानगरको गाडीमा पठाउँदा कुनै पनि शुल्क तिर्नु पर्दैन भने २२,२४ र २५ वडा अरू वडामा गाभिएर बनेकाले अरू वडाको तुलनामा ठूलो भएकाले त्यस  वडामा बस्ने बासिन्दामध्ये आधा बासिन्दाले पैसा तिर्नुपर्छ भने आधााले निःशुल्क फोहोर पठाउने गरेका छन् । 

महानगरपालिकामा महानगरले बाहेक वडामा ५५ वटा संघसंस्थाले फोहोर व्यवस्थापन गर्दै आएको प्रवक्ताको भनाइ छ । अब महानगरले सबै वडामा फोहोर संकलन गर्नको लागि निजी क्षेत्रलाई दिने भएको छ । काम गर्न चाहने जोसुुकै संस्थालाई पनि महानगरले सूचीकृत हुन आह्वान गरेको छ । एक महिनामा २३ वटा निजी कम्पनी काम गर्न इच्छुक भएर आएको प्रवक्ता डंगोलले बताए । 
 

प्रतिक्रिया दिनुहोस