‘कृषिमा युवा कार्यक्रम’का लागि ५० करोड - Aarthiknews
aarthiknews.com सोमबार, ०४ कार्तिक २०७६   Monday, 21 October, 2019
 
Bajaj_Bike

‘कृषिमा युवा कार्यक्रम’का लागि ५० करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
Sunrise bank
‘कृषिमा युवा कार्यक्रम’का लागि ५० करोड
LBEF

काठमाडौं । कृषिमा युवा कार्यक्रमका लागि ५० करोड बजेट विनियोजन भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रि चक्रपाणि खनालले सोमबार ललितपूरमा  आयोजित एसियन कृषि सम्मेलन तथा प्रदर्शनीमा कृषिमा युवा कार्यक्रमको लागि चालु आर्थिक बर्ष ५० करोड बजेट छुट्याएको बताएका छन् ।  

कृषिमा युवा कार्यक्रम ५ वर्ष सम्म सञ्चालन हुने यो वर्ष ५०० युवाबाट सुरु गर्ने र अर्गानिक खेतीतर्फ लैजानु पर्ने उनले बताए । 

नेपालको कृषिले युवालाई आर्कषण गर्न सकेको खनालको दावी रहेको छ । जोसजागर भएका युवा जति कृषि क्षेत्रकै लागि विदेश पलायन हुने गरेको मन्त्रि खनालले बताए । राज्यले योजना निति बनाएर कृषि क्षेत्रमा काम गरेको भए जनशक्ति स्वदेशमै खपत हुने उनको भनाई छ । 

ऐतिहासिक रुपमा हेर्ने हो भने अन्य मुलुकले कृषिको क्षेत्र बदल्न सक्यो तर नेपालले अझै बदल्न सकेको छैन । तर नेपालको कृषि अनुसन्धानको इतिहासमा राम्रो भए पनि वर्तमान अवस्था भने विग्रिदो अवस्था रहेको मन्त्रि खनालले बताए । 

युवा र कृषिकै कारण छिमेकी राष्ट्रले छोटो समयमै फड्को मारेको बताउँदै मन्त्री खनालले नेपालको कृषि जुन गतिमा जानुपर्ने हो त्यो गति समात्न नसकेको स्वीकार गरे । युवालाई कृषिमा आकर्षित गरी वैदेशिक रोजगारीमा जानलाई रोक्नुपर्नेमा जोड दिँदै उनले युवालाई आकर्षित मात्र नभएर राज्यप्रति जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । 

फोर एच नेपालको संयोजन, कृषि तथा पशुपन्छि विकास मन्त्रालय तथा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ३ को सहकार्यमा यही २०७६ साउन २६ गते देखि २८ गतेसम्म नेपालमा एशियन कृषि समिटको आयोजना भएको छ ।  समिटमा कृषिमा युवा सहभागिता, नेपाली कृषि उत्पादनको बजारीकरण, जलवायु परिवर्तन तथा नेपाली खाना संस्कृति लगायतका विषयमा ३ दिनसम्म अन्तर्रा्ष्ट्रिय तथा राष्ट्रिय सहभागीहरुसँग कार्यपत्र प्रस्तुत, प्लेनरी शत्र, अनुभव आदान प्रदान तथा नेटवर्किङ तथा नेतृत्व विकास कार्यक्रम आयोजना गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस