कार्यालयमै बलात्कार गरेको आरोपमा महानगरका कुचीकार प्रमुख पक्राउ - Aarthiknews
aarthiknews.com आइतबार, २९ भदौ २०७६   Sunday, 15 September, 2019
 

कार्यालयमै बलात्कार गरेको आरोपमा महानगरका कुचीकार प्रमुख पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
Sunrise bank
कार्यालयमै बलात्कार गरेको आरोपमा महानगरका कुचीकार प्रमुख पक्राउ
LBEF
NCH-IPS

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिकाको कुचीकार प्रमुखलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । शनिबार दिउँसो कामनपाको पुरानो भवनमा रहेको कांग्रेसनिकट कर्मचारी संगठनको कार्यालयमा लगेर बाबुराजा पुजारीले बालिकालाई बलात्कार गरेको बताइएको छ । सँगै रहेका बालिकाका भाइले महानगरको गेटमै बस्ने प्रहरीलाई खबर गरेपछि सिंहदरबार वृत्तको टोलीले पुजारीलाई पक्राउ गरेको थियो। ५२ बर्पीय पुजारीलाई प्रहरीले काठमाडौंमा जिल्ला अदालतमा पेश गरेको अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएअनुसार अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस