aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

“शेयर बजारको अनलाइन प्लेटफर्ममा धेरै ‘लुपहोल’हरु छन्”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ असार २०७९
nepalmegaschool
LBF

शेयर बजारमा यो वर्ष निक्कै उचार चढाव भइरहेको छ । यस बेलामा बजार घट्दा पनि र बजार बढ्दा पनि शेयर कारोबारको कमिसन भने कारोबारकर्ताले तिर्नै पर्छ । यो वर्ष करिब ३२ सय नेपाल स्टक एक्स्चेञ्ज इन्डेक्ससम्म पुग्दा अधिकांश ब्रोकर कम्पनीहरुले राम्रो आम्दानी पनि गरे । यो आम्दानी गरेको देखेर अहिले नयाँ ब्रोकर कम्पनी खोल्नका लागि नियामावली नै संशोधन गरेर नयाँ ब्रोकर कम्पनीलाई थप्ने गृहकार्य अघि बढिरहेका बेलामा पुराना ब्रोकरहरुको एसोसिएसन नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष तथा सेक्यूड सेक्युरिटीका प्रमुख कार्यकारी अधिकृत सन्तोष मैनालीसँग आर्थिकन्युज डटकमले नयाँ ब्रोकर थप्नुको कारण र पुराना ब्रोकरले दिइरहेको सेवा सुविधाका बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः   

शेयर बजार घटिरहेको बेला ब्रोकरको अवस्था कस्तो छ ? 
वित्तीय अवस्थाको कुरा गर्ने हो भने कोभिडपछि शेयर बजार ओरालो लागेको अबस्था छ । कारोबार रकम पनि कम भइरहेको छ । कोभिडअघि पनि २५ वटा जति ब्रोकर कम्पनीहरु घाटामा नै सञ्चालन भइरहेका थिए । कोभिडपछि शेयरबजार लगायत लगानीकर्ता र शेयर कारोबारमा पनि अस्वभाविक वृद्धि देखियो । त्यस फेरि ब्रोकर कमिसनमा कटौती भयो । गएको वर्ष बजारमा केहि उत्साह थपिएको थियो । त्यसताका बजारमा देखिएको उत्साहले ब्रोकरहरुको वित्तीय अवस्था पनि राम्रो नै भएको थियो ।  

पछिल्लो समय शेयरबजार घट्दै गइरहेको छ  । बजार घटेर औसत रुपमा २ अर्बको कारोबार हुँदा पनि केही ब्रोकरहरुलाई फाइदा भएको थियो । यहि अबस्थामा कारोबार भइरहदाँ वर्षभरिमा ब्रोकरहरुको ब्यालेन्स सिट घाटामा जादैन । तर, केही अबस्थामा पनि ब्रोकरहरु घाटामा गएका पनि छन । 

पहिले शेयर बजारमा दिनको ३ देखि ४ करोडको बारोबार हुँदा धेरै नै अफिस बन्द गरेर पनि हिडे । अहिले अर्बौको बारेबार हुँदा पनि ब्रोकरहरु घाटामा नै छन ? 
त्यसबेला ब्रोकर कमिसन अझ धेरै थियो । ब्रोकरको संख्या पनि २३ वटा थिए । अहिले कमिसनको रेट पनि २४ प्रतिशतमा झरेको छ । नेप्सेको २० प्रतिशत कटाउँदा अधिकतम ०.३२ प्रतिशतमा रहन्छ । अहिले ब्रोकरको संख्या पनि ५० वटा छन । आम्दानीको स्रोतका रुपमा डिपी खाता मात्रै थपिएको छ । तर, खर्च भने धेरै थपिएको छ ।  

तर, सबै ब्रोकरहरुले डिपी खाता खोल्ने सेवा सञ्चालन गरेका छैनन् । कर्मचारी खर्च पनि बढिरहेको छ पहिले एउटा ब्रोकरमा ५ जना कर्मचारी हुन्थे भने अहिले मुख्य कार्यालयमा पनि २० जना सम्म कर्मचारीहरु रहेका छन् । पछिल्लो समयमा प्रविधिमा पनि ठूलो लगानी र वार्षिक रुपमा खर्च पनि थपिएको छ ।  आम्दानी पनि घटिरहेका छ । ब्रोकरको संख्या पनि बढिरहेको छ । तसर्थ पहिलेको तुलनामा कारोबार रकम बढेपनि ब्रोकरको अवस्थामा भने ठूलो भिन्नता आएको छैन ।

कुनै बेला एक दिनमा २१ अर्बसम्मको पनि कारोबार भएको थियो । त्यसबेला कमाउने ब्रोकरहरुले कतिसम्म कमाए ? 
प्राइभेट डाटा त हामीले शेयर गर्न मिल्दैन । उक्त डाटा सेबोन र नेप्सेसँग छ । औसतमा हेर्दा ब्रोकरको इक्विटीमा ९० प्रतिशत जति रिटर्न गरे होलान । कसैको सय प्रतिशतभन्दा माथि पनि छ भने कसैको ४० प्रतिशत मात्र पनि भएको छ । 

अपरेटिङ कष्टहरु बढे भन्नु भएको छ के–के चिजहरुमा सञ्चालन खर्च बढ्यो ?
पहिलेको तुलनामा भौतिक रुपमा पनि ब्रोकरहरु थपिइरहेका छन् । कति कम्पनीहरुले आफ्नै लागतमा मल्टी फ्लोरमा अफिसपनि सञ्चालन गरेका छन् । कसैले भाडामा लिएर पनि सञ्चालन गरिहेका छन् । कर्मचारीको संख्यामा गुणात्मक वृद्धि भएको छ । कर्मचारीलाई दिनुपर्ने सेवा सुविधा पनि अहिलेको अनुपातमा दिइरहेका छौं । यसका साथै अहिले प्रविधिमा पनि धेरै खर्च छ । अनलाइन प्रणालीमा पनि खर्च गर्नुपर्नेछ । 

सामान्य मानिसले बुझ्ने हो भने हामी शेयर बजारलाई पनि डिजिटलाइज गरेका छौं । डिजिटाइज भएपछि अपरेटिङ कष्ट घट्छ भन्ने बुझाई छ । ९० प्रतिशत अटोमेसेनमा गइसक्यौ त्यसमा पनि खर्च बढ्न् भनेको भनाई र गराईमा फरक भयो नि होइन ? 

पहिले लगानीकर्ताको आकार पनि सानो थियो भने अहिले बढेको छ । प्रति लगानीकर्तालाई हेर्ने हो भने खर्च घटेको छ । हामीले सबै खर्च र स्रोतहरु हेरेर लगानीकर्तालाई सेवा दिने हो । एक लगानीकर्ताको आधारमा सेवाको लागत घट्यो भन्दैमा खर्च घट्दैन । 

महंगो प्रविधि हामीले चलाइरहेका छौं भन्नु भयो । कति जति खर्च थपिएको छ अनलाइन ट्रेडिङबाट ब्रोकरको लागि ?
अहिले चलाई रहेको प्रविधि ट्रेड्रिङ सिस्टम नेप्सेको हो । यसमा अहिलेसम्म चार्ज लिएको छैन । डेटावेस र होस्टिङको खर्च हामीले हेरिरहेका छौं । त्यसका लागि आजसम्म एउटा ब्रोकरको २२ प्रतिशत जति होस्टिङमा खर्च रहेको छ । औसतमा हेर्दा प्रविधिमा ब्रोकरको ३० प्रतिशत खर्च हुने गरेको छ । त्यो प्रविधि हामीले स्वदेशी प्रयोग गर्दा लागत कम हुने थियो अथवा कुन प्रविधि कसरी चलाइरहेका छौं । 

अहिलेसम्म स्वदेशी प्रणालीहरु नै चलाइरहेका छौं । नेप्सेको म्याचिङ इन्जिन अन्तर्राष्ट्रिय रुपमा विकास भएको छ । यसबाहेक नेप्सेको टिएमएस सहित सबै प्रणालीहरु स्वदेशी नै चलाइरहेका छौं । अब ल्याउन खाजेको प्रणाली भने अन्तराष्ट्रिय रुपमा प्रयोग भएको प्रणाली हो  । त्यसलाई ल्याउँदा भने लागतमा महंगो हुन्छ जस्तो लाग्दैन । 

अहिले हामीले शेयर ट्रेडका लागि चलाएको टिएमएस नेप्सेकै छ । ट्रेडको प्लेटफर्म पनि उसैले दिने र अरु सिस्टम पनि उसैले दिँदा टिएमएसमा समस्या आइरहेको छ भन्ने छ के कारणले हो । अन्तराष्ट्रिय अभ्यासमा नगएर समस्या आएको हो अथवा हामीले चलाएको टिएमएस ब्याक सपोर्ट नभएर हो ? 
यसबारे फाइनान्सियल क्षेत्रको बारेमा उहाँहरुको बुझाइ कम भएको हो की भन्ने छ । बुझ्नेहरुले लिएको फिडब्याकमा आर्किटेक्चरमा पनि समस्या छ भन्ने पनि भन्छन । नेपालमा पहिलो पटक विकास भयो ।  जसले पहिलो पटक प्रणालीको विकास गर्नेहरुमा यसबारे ज्ञान कम भएको हो की भन्ने बुझाइ छ । 

यसमा तपाईहरुले आन्तरिक रुपमा तपाईहरुले पाउनुभएको जानकारीलाई आन्तरिक रुपमा सिस्टममा म्यानुपुलेट गर्न सक्ने ठाउँहरु हुन सक्छन् की सक्दैनन् ? 
सिस्टममा नै म्याुपुलेट भएको छ वा छैन त्यो त हामीले हेरेका छैनौं । तर, सिस्टममा धेरै लुपहोलहरु भने छन् । आजको शेयर बजारको कारोबारको चार घण्टामा समस्या आउन सक्दैन भन्ने कुरामा भने विस्वस्त हुन सकेका छैनौ ।

पछिल्लो समय ब्रोकरको संख्या कम भए । भएकाले सेवा दिएनन् । ब्रोकर थप्नुपर्यो भन्ने विषय चारैतिर बहस पनि भइरहेको छ । यहाँहरुले सेवा दिन नसक्नु भएको हो ? 

बजारको बुझाई ब्रोकरले सेवा दिन सकेन भन्ने बनाइएको छ । सेवा लिन सकेनन् प्रतिस्पर्धामा गरेनन् तसर्थ संख्या थपेर यिनीहरुलाई ठेगान लगाउनुपर्छ भन्ने सुनिन्छ । तर, हामीले व्यवसाय विस्तार होस् भन्ने चाहेका छौं । लगानीकर्ता र अर्थतन्त्रको हित गर्ने भएकोले बजारमा पहुँचको विस्तार होस् भन्ने छ । धेरै पहिले देखिनै शाखा विस्तार गर्नका लागि सहज बनाइदिनुपर्यो भनेर बोर्ड र नेप्सेमा बारम्बार अनुरोध गरेका हौ । अनलाइन प्रणलीमा गएपछि सबै ब्रोकरले करिब अढाइ सय ब्रोकर शाखा विस्तारका लागि नेप्से र सेबोनमा आवेदन गर्यौ । 

त्यस बेला शाखा विस्तार गर्न दिने अधिकार नेप्सेमा पनि थियो । केही शाखा विस्तार गरे पछि नियमावली परिवर्तन भएसँगै ब्रोकरको शाखा विस्तार गर्ने अधिकार सेबोनमा दिइयो । सेबोनमा गइसकेपछि केही समय शाखा विस्तारका लागि स्विकृती पाएनौं । हामीले दिएको आवेदनमा पनि सुनुवाई भएन । नेप्सेको नेतृत्व परिवर्तन भएपछि केही शाखाहरु खुल्दै गए । 

पछिल्लो समयमा पनि शाखा विस्तारका लागि माग गरिहेका छौं । केही शाखाहरु थपिदै पनि आएका छन् । केही व्यवसायीहरुले शाखा विस्तारका लागि माग गरेको एक वर्षभन्दा पनि बढि भइसक्यो । एक वर्ष अघि तयार भएका पूर्वाधारहरुको पनि निरिक्षण भएको छैन । 

यहाँ उदासिनता कता छ र कसले शाखा विस्तार गर्न दिएको छैन भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ । धितोपत्र दलाली भन्दैमा शेयर बजारको दलाल मात्र गर्नुपर्छ भन्ने होइन । हामीले दिने सेवा सुविधामा पनि कमि छैन् । बारम्बार कमिसन घटाउने कुरामा पनि कमिसन घटाउ, पोर्टफोलियो व्यवस्थापनमा सेवा दिन पाउँ, मार्जिन ट्रेडिङ गर्न पाउ, एडभर्जरी गर्न पाउँ र सँगैसँगै विदेशमा ब्रोकरले दिने सेवाहरुमा पनि अघि बढ्न तयार छौं ।

त्यसका लागि हाम्रो क्षमता बढाउन, पुँजी वृद्धि गर्न मानव स्रोतको विस्तार गर्न र प्रविधिको विकास गर्न पनि तयार छौं भनेर माग गरेको धेरै पटक भइसक्यो । हरेक पटक माग गर्न जाँदा एउटै कुरा दोहोरिन्छ हामीले भन्ने नयाँ कुरा केही छैन यसले गर्दा शाखा विस्तारमा माग गर्दा स्विकृति पनि नपाउने र अरु सेवा विस्तारको लागि पनि स्विकृति नपाउने बजारमा भने यिनीहरु असक्षम भए उपत्यका बाहिर जान चाहेनन्  । यसले गर्दा अरु सूविधा थप्नुपर्छ भन्ने कुरा गरेर बल पुर्याउनका लागि पनि यस्तो गरिएको हुनुपर्छ । 
 

प्रतिक्रिया दिनुहोस