
काठमाडौं । अख्तियार प्रमुखलाई ‘दुई सय वर्ष बाच्नु’ भन्ने उल्लेख गर्दै एक पूर्वकर्मचारीले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । उदयपुर घर भएका ती पूर्वकर्मचारीले मालपोत कार्यालय कलंकीमा रहँदा भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका थिए । ‘मैले सरकारी कर्मचारी हुँदा दुई रुपैयाँ पनि घुस खाएको थिएनँ तर मलाई फसाईयो, अख्तियार प्रमुखज्यू तपाईं दुई सय वर्ष बाच्नुहोला,’ सुसाइड नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस