भारतमा विद्युतीय माध्यमबाट महिनामा १ मात्र झिक्न पाउने - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 
भारतमा विद्युतीय माध्यमबाट महिनामा १ मात्र झिक्न पाउने

भारतमा विद्युतीय माध्यमबाट महिनामा १ मात्र झिक्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ पुस २०७५
Sunrise bank
भारतमा विद्युतीय माध्यमबाट महिनामा १ मात्र झिक्न पाउने
LBEF
NCH-IPS

काठमाडौं, पुस ११ । भारतमा विद्युतीय माध्यम (डेबिट, क्रेडिट र प्रिपेड कार्ड) मार्फत भुक्तानी गर्दा मासिक १ लाख रुपैयाँभन्दा बढी झिक्न नपाउने भएको छ  ।

राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो । यसअघि बिद्युतीय माध्यमबाट भुक्तानीमा कुनै सीमा राखेको थिएन । पछिल्लो समयमा भारतमा विद्युतीय माध्यममार्फत ठूलो रकम भुक्तानी भएको देखिएकाले नियन्त्रणका लागि सीमा तोकिएको राष्ट्र बैंक श्रोतले बताए ।

‘भारतमा डेबिट, क्रेडिटरप्रिपेड कार्डलगायत विद्युतीय कार्डको माध्यमबाट एकै पटक वा पटकपटक गरी मासिक भारु १ लाखसम्म मात्र भुक्तानी गर्न सकिनेछ,’ राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ, ‘होटल, अस्पताल र औषधि पसलमा गरिने भुक्तानीको हकमा उक्त सीमा लागू हुने छैन ।’

राष्ट्र बैंकका अनुसार गत वर्ष विभिन्न किसिमका विद्युतीय कार्ड, ड्राफ्ट र खातामा स्थानान्तर गरी नेपालबाट करिब १ खर्ब रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ । यही तथ्यांकका आधारमा भारतमा धेरै पैसा खर्च भएको निष्कर्ष राष्ट्र बैंकले निकालेको हो । सोही निष्कर्षका आधारमा भारतमा विद्युतीय माध्यममार्फत वस्तु तथा सेवा खरिद गर्दा गरिने भुक्तानीमा सीमा तोकिदिएको हो ।

प्रतिक्रिया दिनुहोस