aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, 'इण्डियन आयल कर्पोरेशनको बाँकी भुक्तानी गर्न नसक्ने भएपछि मूल्य बढ्यो'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असार २०७९
nepalmegaschool
फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, 'इण्डियन आयल कर्पोरेशनको बाँकी भुक्तानी गर्न नसक्ने भएपछि मूल्य बढ्यो'
LBF

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज रातीदेखि लागू हुने गरे  निगमले पेट्रोल प्रतिलिटर २ वृद्धि गरेको छ । भने डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य बढाएको छ ।  निगमले हवाई इन्धनको पनि मूल्य बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ प्रतिलिटर  ५ रुपैयाँ वृद्धि गरेको छ । 

पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ ।

त्यस्तै, अझै निगमलाई घाटा नै रहेको र अन्तर्राष्ट्रिय बजार मूल्य वृद्धि भएका कारण निगमले आगामी जुलाई ८ भित्र ३० अर्ब रुपैयाँ तिर्न पर्ने भएको समेत उल्लेख गरेको छ । उक्त बाकी भुक्तनी रकम समेत निगमले तिर्न नसक्ने अबस्था भएकाले इन्धनको मूल्य बढाउन परेको निगमको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस