
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस प्रालि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनी ऐन को दफा ६३ बमोजिम कारोवार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।
नेपालमा स्थापित सिमेन्ट उद्योगहरु मध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत एक मात्र पव्लिक लिमिटेड कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गसलाई पब्लिक लिमिटेडमा पारित गरिएको छ । शिवम् होल्डिङ्गस लिमिटेड कायम भई लगानी गर्ने उद्देश्य रहेको पव्लिक लिमिटेड कम्पनीको हैसियतले कारोवार संचालन गर्न कम्पनी ऐन को दफा ६३ बमोजिम कारोवार स्वीकृति समेत प्राप्त गरिसकेको छ ।
शिवम होल्डिङ्गस लिमिटेडको अधिकृत पूँजी ५ अर्व ८० करोड र चुक्ता पूँजी ४ अर्ब रहेको छ । शिवम् सिमेन्ट्स लिमिटेड शिवम् होल्डिङ्गस कम्पनीको संस्थापक तथा नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस क्वालिटी अवार्ड प्रथम पुरस्कार प्राप्त समेत गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस