
काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा मुद्दा दायर गरेको छ । विभागले पर्वको कुश्मा घर भई हाल काठमाडौंको सामाखुशी बस्ने गणेश पौडेल विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंको मुद्दा दायर गरेको हो ।
विभागका अनुसार पौडेलले विदेशबाट अनौंपचारीक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त गरि नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको देखिएबाट उनले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै अपनाएको देखिएको छ । त्यस्तै, उनले विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बरावरको रकम निजले नेपाल तर्फको भुक्तानी फरफारक गरेको देखिएको, प्रतिवादीले बिदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र लिएको नदेखिएको समेतका आधार प्रमाण फेला परेको थियो ।
उक्त प्रमाणहरुको आधारमा पौडेलले बिदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र नलिई विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ । पौडेललाई विदेशी विनिमय ऐन विपरितको कसूरमा ८ करोड २३ लाख २६ हजार आठ सय छ रुपैयाँ कायम गरी मागदावी लिई अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस