aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

‘बिचौलिया प्रयोग गरेर बनाईएको बजेटबारे छानबिन हुनैपर्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असार २०७९
nepalmegaschool
‘बिचौलिया प्रयोग गरेर बनाईएको बजेटबारे छानबिन हुनैपर्छ’
LBF

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा बिचौलिया प्रयोग गरेकोबारे संसदीय छानविन समिति गठनको माग गरेका छन् । सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट निर्माणमा बिचौलिया प्रयोग गरिरएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् । 

बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्ति प्रवेश हुनु सामान्य कुरा नभएको र यो विषयमा निष्पक्ष छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए । उनले भने, ‘यस विषयमा संसदीय छानबिन समिति बनाउँ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि सकिँदैन । योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ ?’   

सोमबार अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नरहेको भनेको थियो । अर्थ मन्त्रालयले यस्ता अभिव्यक्ति दिनु भनेको गैरजिम्मेवार खालको भएको अध्यक्ष ओलीको भनाई थियो । अर्थमन्त्रीले म नै राज्य हुँ भन्ने दम्भ देखाएको समेत उनले आरोप लगाए । 

त्यस्तै, उनले बजेट दुई चार घरानाको जस्तो मात्रै भएको बताए । अध्यक्ष ओलीले दुइ चार घरानालाई मात्रै फाइदा पुग्नेगरि करको दर हेरफेर गरिएकोबारे प्रश्न गर्दै भने, ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ। यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’ 

प्रतिक्रिया दिनुहोस