aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

प्रधानमन्त्री देउवाले गरे मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असार २०७९
nepalmegaschool
प्रधानमन्त्री देउवाले गरे मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री थपिए
LBF

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा पुनर्गठन गरेकी हुन् । 

पुनर्गठनसँगै कृषि, तथा पशुपक्षी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले यसअघिका मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुलाई सरकारमा पठाएको हो । 

यसअघि जसपाबाट कृषि तथा पशुपक्षी मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहाय प्रसाद यादव थिए । राष्ट्रपति भण्डारीले यसअघि यही असार १२ गते मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेकी थिईन् । 

प्रतिक्रिया दिनुहोस