aarthiknews.com शनिबार, २८ साउन २०७९   Saturday, 13 August, 2022
 
British College
Blue Diamond

करिब ६५ लाख जरिवाना तोकिएका दुई फरार प्रतिवादी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असार २०७९
nepalmegaschool
करिब ६५ लाख जरिवाना तोकिएका दुई फरार प्रतिवादी पक्राउ
LBF

काठमाडौं । करिब ६५ लाख जरिवाना तोकिएका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका १ इमाडोल बस्ने महोत्तरी लोहरपटी नगरपालिका ७ घर भएका २८ वर्षीय गौरभ शर्मा र काठमाडौं तारकेश्वर नगरपालिका १० मनमैजू बस्ने धादिङ नेत्रवती डबजोङ् गाउँपालिका ५ घर भएका ३१ वर्षीय प्रेम बहादुर गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना तथा २०७९ वैशाख ४ गतेको फैसलाले गुरुङलाई २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ४ बालुवाटारबाट पक्राउ गरेको हो । उनीहरुले पर्याप्त मौज्दात रकम नभएको खाताबाट रकम भुक्तान हुने भनी जानीजानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेकोमा अदालतले उक्त फैसला गरेको थियो । 

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस