भुकम्प पीडितको अनुदान रकम तुरुन्त लिन लाभग्राहीलाई आग्रह, निस्क्रिय तुल्याउने - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

भुकम्प पीडितको अनुदान रकम तुरुन्त लिन लाभग्राहीलाई आग्रह, निस्क्रिय तुल्याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
Sunrise bank
भुकम्प पीडितको अनुदान रकम तुरुन्त लिन लाभग्राहीलाई आग्रह, निस्क्रिय तुल्याउने
LBEF
NCH-IPS

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्प पीडितको अनुदान सम्झौता गरेर रकम प्रयोग नगरेका लाभग्राहीहरुलाई यथासिघ्र प्रयोेग गर्न अनुरोध गरेको छ । 

बैंकमा अफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी खाता सुचारु गर्न अनुरोध गरेको हो । 

अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निस्क्रिय भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।

सहप्रवक्ता घिमिरेले आफ्नो खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण सुरु गर्न पनि सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गरेका छन् । 

समयमै खाता सक्रिय नगर्नेहरुको हकमा प्राधिकरणले खाता निस्क्रिय तुल्याउने पनि उनले जानकारी दिए ।

आइतबार अपरान्हसम्मको तथ्यांकअनुसार पहिलो किस्ता लिएका ७ लाख ६७ हजार ६०८ लाभग्राहीमध्ये ६ लाख २ हजार ४४३ ले घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस